Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

ए डिभिजन लिग : चर्च ब्वाइजले फ्रेन्ड्सलाई र हिमालयन शेर्पाले सातदोबाटोलाई हरायो


काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा चर्च ब्वाइज युनाइटेड क्लबले फ्रेन्ड्स क्लबलाई हराएको छ ।

दशरथ रङ्गशालामा भएको खेलमा चर्च ब्वाइजले फ्रेन्ड्सलाई २–१ गोलले हराएको हो । चर्च ब्वाइजको जितमा अन्जन विष्ट र आशिष चापागाईंले १-१ गोल गरे । फ्रेन्ड्सका बेन क्वान्साले एक गोल फर्काए ।

जितसँगै चर्च ब्वाइज २४ अङ्कसहित तालिकाको दोस्रो स्थानमा पुगेको छ । फ्रेन्ड्स १४ खेलमा १५ अङ्कसहित १२ औँ स्थानमा रहेको छ ।

यस्तै च्यासल मैदानमा भएको खेलमा हिमालयन शेर्पाले सातदोबाटो युथ क्लबलाई १–० गोलले हराएको छ । हिमालयनको जितमा खामिर गिल्सनले गोल गरे ।

जितसँगै हिमालयन शेर्पा १७ अङ्कसहित तालिकाको आठौँ स्थानमा पुगेको छ । सातदोबाटो २२ अङ्कसहित तेस्रो स्थानमा छ ।

अहिले दशरथ रङ्गशालामा त्रिभुवन आर्मी क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच खेल भइरहेको छ ।

 


क्याटेगोरी : खेलकुद
ट्याग : #football

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट