Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

स्पेनिस कोपा डेल रे फुटबलको उपाधि रियल मड्रिडलाई


कठमाडौं । स्पेनिस कोपा डेल रे फुटबलको उपाधि रियल मड्रिडले जितेको छ ।

सेभियामा गएराति भएको फाइनल खेलमा ओसासुनालाई २–१ गोलले हराउँदै रियलले उपाधि जितेको हो ।

रियलको जितमा दुई वटै गोल रोड्रिगोले गरे । उनले खेलको दोस्रो र ७० औँ मिनेटमा गोल गरे ।

ओसासुनाका लुकास टोरोले एक गोल फर्काए । रियलले सन् २०१४ पछि पहिलो पटक कोपा डेल रे जितेको हो ।

कोपा डेल रे मा रियल समग्रमा २०औँ पटक च्याम्पियन बनेको छ ।

 


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट