Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

एसिया कप क्रिकेट पाकिस्तानको सट्टा श्रीलंकामा हुन सक्ने


काठमाडौं । एसियन क्रिकेट काउन्सिल (एसीसी)को आयोजनामा हुने एसिया कप क्रिकेट प्रतियोगिता पाकिस्तानको सट्टा श्रीलंकामा हुने सम्भावना देखिएको छ ।

पछिल्लो समय भारत र पाकिस्तानबीच बढ्दै गएको विवादका कारण पाकिस्तानमा एसिया कप नहुने सम्भावना रहेको छ । भारतीय मिडियाहरुले एसिया कप श्रीलंकामा हुन सक्ने समाचार प्रकाशित गरेका छन् ।

यसअघि आयोजकको रुपमा तोकिएको पाकिस्तानमा गएर भारतले नखेल्ने बताएपछि एसिया कप आयोजना नै अन्योलमा छ।

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)का सचिव जय शाह, जो एसीसीका अध्यक्ष समेत हुन्, ले भारतीय टिम बोर्डर क्रस गरेर पाकिस्तान नजाने बताएपछि आयोजनास्थल नै सार्ने निर्णय गर्नुपर्ने अवस्था आएको हो ।

पाकिस्तानले आयोजना स्थल सार्न नहुने र भारत र पाकिस्तानबीचको खेल युएईमा गर्न हाईब्रिड प्रस्ताव गरेको थियो । तर त्यो प्रस्तावमा पनि भारत सहमत भएको छैन ।

पहिलो पटक एसिया कप खेल्ने तयारीमा रहेको नेपाल भने जसरी पनि एसिया कप हुनुपर्ने पक्षमा छ ।

भारत–पाकिस्तान जस्तो ठूलो टिमसँग एकै पटक प्रतिस्पर्धा गर्न पाउनु नेपाली क्रिकेटको लागि ऐतिहासिक अवसर हुनेछ ।

एसिया कपमा पाँच टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानसँगै छनोट भएर आएको नेपालले खेल्नेछ ।

 

 


क्याटेगोरी : खेलकुद
ट्याग : #Circket Nepal, #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट