Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

काभा महिला भलिबलको फाइनल खेल आज : नेपालले तेस्रो स्थानका लागि खेल्दै


काठमाडौं । एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपको उपाधिका लागि आज भारत र काजकिस्तान खेल्दैछन् ।

खेल दिउँसो सवा ४ बजे राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा हुनेछ । प्रतियोगिता अन्तर्गत तेस्रो स्थानको लागि आज नेपाल र उज्वेकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । नेपाल र उज्वेकिस्तानबीचको खेल बिहान साढे ११ बजे सुरु हुनेछ ।

शुक्रवार भएको दोस्रो सेमिफाइनलमा काजकिस्तानसँग पराजित भएपछि नेपालले तेस्रो स्थानको लागि खेल्न लागेको हो । उज्वेकिस्तान भारतसँग पराजित भएको थियो । राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्डहलमा हिजो भएको खेलमा श्रीलङ्काले कीर्गिस्तानलाई सोझो सेटमा पराजित गरी पाँचौँ भएको छ ।

त्यस्तै माल्दिभ्सले बङ्लादेशलाई ३–१ को सेटमा पराजित गरी सातौँ भयो । बङ्लादेशले भने आठ टोली सहभागी प्रतियोगितामा पुछारमा रहँदै प्रतियोगिता टुङ्ग्याएको छ ।

 


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट