Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

७ खेलकाे बराबरीपछि मनाङकाे पहिलाे जित, एनआरटीले सातदाेबाटाेलाई हरायाे


काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लबले थ्री स्टार क्लबलाई हराएको छ ।

आज आइतवार एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा मनाङले थ्री स्टारलाई १–० गोलले हरायो । मनाङका चेतन थारुले ३८ औँ मिनेटमा गोल गरे । मनाङले सात वटा खेल बराबरी गरेपछि बल्ल आज जित निकालेर ३ अङ्क ल्याउन सफल भएको छ । जितपछि मनाङ २८ अङ्कसहित तालिकाको दशौँ स्थानमा र थ्री स्टार २६ अङ्कसहित ११ औँ स्थानमा छ ।

आजै ललितपुरको च्यासल मैदानमा भएको खेलमा न्युरोड टिम ९एनआरटी० ले सातदोबाटो युथ क्लबलाई २–१ गोलले हरायो । एनआरटीका लागि निकोलस सङ र सनम लिम्बुले गोल गरे । सातदोबाटोका शिव सुवेदीले गोल गरे । जितसँगै एनआरटी २९ अङ्कसहित आठौँ स्थानमा उक्लिएको छ । सातदोबाटो २९ अङ्कसहित छैटौँ स्थानमा छ ।

१४ टोली सहभागी ‘ए’ डिभिजन लिगको पुछारका दुई वटा टोली ‘रेलिगेशन जोन’ मा परेर ‘बी’ डिभिजनमा घटुवा हुनेछन् ।

 


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट