Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

महिला टी–२० क्रिकेट शृङ्खलाको निर्णायक खेलमा नेपालले आज मलेसियासँग खेल्दै


काठमाडौं । महिला टी–२० क्रिकेट शृङ्खलाको पाँचौँ तथा निर्णायक खेलमा नेपालले आज घरेलु टोली मलेसियासँग खेल्दैछ । शृङ्खला २–२ को बराबरीमा छ ।

आजको खेल जित्ने टोलीले शृङ्खला जित्नेछ । खेल बिहान पौने ९ बजे बाङ्गीमा सुरु हुनेछ । हिजो भएको चौथो खेलमा नेपाल मलेसियासँग ४ विकेटले पराजित भएको थियो ।

त्यस्तै, पहिलो खेलमा नेपाल ५ विकेटले पराजित भएको थियो भने दोस्रो र तेस्रो खेल जितेको थियो । नेपाल दोस्रो खेलमा ७ विकेटले र तेस्रो खेलमा २७ रनले विजयी भएको थियो ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट