Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा मलेसियाले नेपाललाई ११० रनको लक्ष्य


काठमाडौं, २१ जेठ । घरेलु टोली मलेसियाविरुद्धको पाँच खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा मलेसियाले नेपाललाई ११० रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा रन १ सय ९ जोड्यो । मलेसियाका लागि वान जुलिया रोस्दीले रन ४७ तथा महिराह इस्माइलले २० रन बनाए । विनिफ्रेड अन्नी २४ रनमा आउट भइन् ।

नेपालका लागि कविता जोशीले २ तथा इश्वरी विष्टले १ विकेट लिए । आजको खेल जित्ने टोलीले सिरिज जित्नेछ । यसअघिका चारमध्ये २ खेल नेपाल तथा २ खेल मलेसियाले जितेका कारण आजको खेलले सिरिज विजेताको टुंगो लाग्ने भएको हो ।

नेपालले पहिलो खेलमा हार भोग्दा दोस्रो र तेस्रो खेल जितेको थियो । तर शनिबार भएको चौँथो खेलमा मलेसिया विजयी भएको थियो ।


क्याटेगोरी : खेलकुद
ट्याग : #cricket

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट