Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

एथलेटिक्स परिवार नेपालले ‘युथ ओपन फाइभ के रन’ आयोजना गर्ने


काठमाडौं, २४ जेठ । एथलेटिक्स परिवार नेपालको आयोजनामा असारको पहिलो साता युथ ओपन फाइभ के रन आयोजना हुने भएको छ । एथलेटिक्सका युवा खेलाडीलाई प्रवद्र्धन गर्ने उद्धेश्यकासाथ दशरथ रंगशालामा आगामी असार २ गते प्रतियोगिता सञ्चालन हुने भएको हो ।

पुरुष र महिला गरि दुई स्पर्धामा सञ्चालन हुने प्रतियोगितामा १४ वर्ष उमेर पुगेका खेलाडीले प्रतिस्पर्धा गर्न पाउने एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले बताए । प्रतियोगिताको विजेता (महिला र पुरुष) ले ट्रफी, पदक सहित समान २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो हुनेले १० हजार, तेस्रोले ५ हजार, चौथो र पाँचौं हुनेले समान दुई हजार र छैटौं देखि दशौं स्थान सम्म हासिल गर्ने खेलाडीले समान एक हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगितामा नाम दर्ताका लागि जेठ ३२ गते बिहिबारसम्मको समय तोकिएको छ । खेलाडी दर्ता वल्र्ड ट्रेड सेन्टरको दोस्रो तलामा रहेको एथलेटिक्स परिवार नेपालको सम्पर्क कार्यालयमा गर्न सकिने जनाइएको छ ।

नेपालको एथलेटिक्स खेलको विकासमा सहयोग पुर्याउने उद्धेश्यले स्थापना भएको एथलेटिक्स परिवार नेपालले वार्षिक रुपमा ट्रयाक एण्ड फिल्ड र रोड रोस कार्यक्रम सञ्चालन र समन्वय गर्दै आएको छ ।

 


क्याटेगोरी : खेलकुद
ट्याग : #athletics

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट