Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

चार खेलाडीले लिए फुटबलबाट सन्यासको घोषणा


काठमाडौं, २८ जेठ । यस सिजनको सहिद स्मारक ‘ए’ डिभिजन फुटबल लिगको समापनसँगै चार खेलाडीले फुटबलबाट औपचारिक रुपमा सन्यासको घोषणा गरेका छन् ।

नेपाल पुलिस क्लबका जुमानु राई र भोलानाथ सिलवालसँगै थ्री स्टार क्लबका कप्तान विक्रम लामा र त्रिभुवन आर्मी फुटबल क्लबका दीपक गुरुङले सन्यासको घोषणा गरेका हुन् ।

विभागीय टोलीबाट करिब १३ वर्ष खेल्दा जुमानुले पुलिसलाई दुई पटक ‘ए’ डिभिजन लिगको उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरे । पुलिसले सन् २०११ मा लिग जित्दा २१ गोल गरेका जुमानु सर्वाधिक गोल गर्ने खेलाडी थिए । त्यसअघि २०१० मा पनि पुलिसले लिग जित्दा जुमानु टिमका महत्वपूर्ण सदस्य थिए । सन् २००६ देखि २०१५ सम्म राष्ट्रिय टिमबाट खेल्दा जुमानुले ११ अन्तर्राष्ट्रिय गोल गरे ।

त्यसैगरी, सन्यास लिएका डिफेन्डर भोला पनि पुलिसले पछिल्ला दुई पटक लिगको उपाधि जित्दा महत्वपूर्ण सदस्य थिए । उनी सन् २००५ देखि नै पुलिस क्लबमा आवद्ध थिए । सन् २००८ बाट राष्ट्रिय टिमबाट खेलेका भोलाले २६ खेलमा २ गोल गरे ।

यता फुटबलबाट सन्यास लिएका अर्का खेलाडी विक्रम लामा पनि सन् २०१२(१३ मा थ्री स्टारले ‘ए’ डिभिजनको उपाधि जित्दाका महत्वपूर्ण सदस्य हुन् । कप्तानको रुपमा थ्री स्टारलाई यस सिजनको लिगमा रेलिगेसनबाट जोगाएका मिडफिल्डर विक्रम सन् २०११ देखि नै थ्री स्टारमा आवद्ध थिए ।

सन् २०१३ मा राष्ट्रिय टिमबाट खेल्न थालेका विक्रमले नेपालका लागि ३१ अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।

यता लिगको अन्त्यसँगै आर्मीका डिफेन्डर दीपक गुरुङले पनि सन्यास लिएका हुन् । उनले लिगको अन्तिम खेलमा हिमालयन शेर्पा क्लबविरुद्ध कप्तानी समेत गरेका थिए । आर्मी यस सिजनको लिगमा सातौ भएको छ । राष्ट्रिय टिममा परे पनि दीपकले भने खेल्न भने पाएनन् ।


क्याटेगोरी : खेलकुद
ट्याग : #football

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट