Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

विश्व टेस्ट च्याम्पियनशिपको उपाधि अस्ट्रेलियाले जित्यो


काठमाडौं । भारतलाई हराउँदै अस्ट्रेलियाले दोस्रो संस्करणको विश्व टेस्ट च्याम्पियनशिपको उपाधि जितेको छ ।

बेलायतको ओभलमा भएको फाइनलमा भारतलाई २ सय ९ रनले हराउँदै अस्ट्रेलियाले उपाधि जितेको हो । फाइनल जित्न चार सय ४४ रनको विशाल लक्ष्य पछ्याएको भारत २ सय ३४ रनमा अलआउट भयो । भारतका विराट कोहलीले ४९, अजिन्क्या रहाणेले ४६ र रोहित शर्माले ४३ रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका नाथन लायनले ४, स्कट बोल्यान्ड ३ र मिचेल स्टार्कले २ विकेट लिए ।

यसअघि अस्ट्रेलियाले दुई सय ७० रनमा आठ विकेट गुमाएको अवस्थामा दोस्रो पारी समाप्तिको घोषणा गरेको थियो । पहिलो पारीमा अस्ट्रेलियाले चार सय ६९ र भारतले दुई सय ९६ रन बनाएको थियो ।

यो हारसँगै भारत फेरि उपविजेता भएको छ । यसअघि सन् २०२१ मा भएको पहिलो संस्करणको फाइनलमा भारत न्युजिल्यान्डसँग पराजित भएको थियो ।

भारतले पछिल्लो १० वर्षदेखि आईसीसीका कुनै पनि प्रतियोगिताको उपाधि जितेको छैन । भारतले २०१३ मा इङ्ल्यान्डलाई हराएर आईसीसी च्याम्पियन्स ट्रफी जितेयता आईसीसीका प्रतियोगिताको उपाधि जितेको छैन ।


क्याटेगोरी : खेलकुद
ट्याग : #circket, #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट