Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

नेपालले आज यूएईसँग अभ्यास खेल खेल्दै


काठमाण्डाै ।  आईसीसी एकदिवसीय विश्व कप छनोट अघि अभ्यास खेलमा नेपालले आज यूएईसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो पौने एक बजे जिम्बाब्वेको हरारेमा सुरु हुनेछ ।

नेपालको कप्तानी रोहित पौडेल र यूएईको मोहम्मद वासिमले गर्नेछन् । दक्षिण अफ्रिकामा भएको अभ्यास खेलमा नेपाल स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग पराजित भएको थियो । नेपालले अन्तिम अभ्यास खेल पर्सि बिहीवार ओमानसँग खेल्नेछ ।

विश्व कप छनोट प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, वेस्टइन्डिज, जिम्बाब्वे, अमेरिका र नेदरल्यान्ड्स छन् । समूह ‘बी’ मा आयरल्यान्ड, श्रीलंका, यूएई, स्कटल्यान्ड र ओमान छन् । यो प्रतियोगिता असार ३ देखि २४ गतेसम्म जिम्बाब्वेमा हुनेछ । शीर्ष तीन टोली सुपर सिक्समा पुग्नेछन् ।

सुपर सिक्समा अर्को समूहबाट आउने तीन टोलीसँग प्रतिस्पर्धा हुनेछ । त्यसपछि शीर्ष दुई टोलीले विश्व कपमा स्थान बनाउनेछन् ।

 


क्याटेगोरी : खेलकुद
ट्याग : #Nepali Circket

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट