Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

वायुसेवा निगमको जीएम फेर्न मन्त्री किरातीलाई तीन करोडको घुस प्रस्ताव


काठमाडौं, १४ जेठ । नेपाल वायुसेवा निगमको प्रबन्ध निर्देशक (जीएम) फेर्न आफूसामु तीन करोड रुपैयाँको प्रस्ताव आएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले खुलासा गरेका छन् ।

पर्यटनमन्त्री किरातीले आफू मन्त्री भएकै दिनदेखि यो प्रस्तावका लागि फोन आउन थालेको जानकारी दिए । त्यसको करिब एक सातापछि ‘एक ठूलो मान्छे’ले भेटेरै यस्तो प्रस्ताव गरेको उनले खुलाए ।

आइतबार काठमाडौंमा सञ्चारकर्मीसित कुरा गर्दै पर्यटनमन्त्री किरातीले आफूलाई एक महिनामै तीन करोड आउने भन्दै निगमका प्रबन्ध निर्देशक फेर्न प्रस्ताव गरिएको खुलासा गरेका हुन् ।


क्याटेगोरी : पर्यटन, मनोरञ्जन
ट्याग : #hot, #sudan kirati

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट