Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

माओवादीको आरोपमा फसाइएका गौतम नवलखाबारे बम्बे उच्च अदालत चकित, फेरि सुनुवाइ गर्न आदेश


काठमाडौं । भारतमा भीमा कोरेगांवका आरोपित गौतम नवलखाको मामिलामा राष्ट्रिय अनुसन्धान नियोग एनआईएको एक आदेशबाट बम्बे उच्च अदालतका न्यायाधीशहरू चकित भएका छन् ।

उच्च अदालतले आफ्नो फैसलामा गौतम नवलखाको जमानतसम्बन्धी आवेदनलाई विशेष अदालतले अस्वीकार गरेको तर आदेशमा सबैथोक रहस्यमय भएको उल्लेख गरेको छ ।

विशेष अदालतले आदेशलाई सही ठहर गर्ने कुनै पनि कारण उल्लेख नगरेको जनाउँदै बम्बे उच्च अदालतले सो मामिलाको फेरि सुनुवाइ गर्न आदेश दिएको हो ।

चार हप्ता भित्र यो काम पूरा गर्न भनिएको छ । नवलखा यो समय चिकित्सासम्बन्धी आधारमा घरमा नजरबन्द छन् ।

उच्च अदालतले पहिलेको फैसलाबाट प्रभावित भई फेरि सुनुवाइ गर्न भनेको हो । युएपीए सेक्सन ४३ डी ५ बारे अदालतले आफ्नो धारणा भन्नु पर्ने आवश्यकता रहेको जनाएको छ । पहिलेको आदेशमा यसबारे केही भनिएको छैन् ।

सन् २०२२ एनआईए कोर्टले नवलखाको जमानत आवेदन खारेज गरेको थियो ।

७३ वर्षका मानवअधिकार कार्यकता गौतम नवलखा २०१८देखि जेलमा छन् ।

सेप्टेम्बर २०२२मा एनआईए कोर्टले नवलखाको जमानत आवेदन खारेज गरे पनि आदेश बाझिएको थियो । विशेष अदालतका न्यायाधीश राजेश कटारियाले आफ्नो आदेश एनआईएले नवलखा अपराधमा संलग्न भएको र चार्जशीटमा पर्याप्त प्रमाण भएको बताएको उल्लेख गरेका छन् ।

एनआईएले नवलखा भारतीय कम्युनिष्ट पार्टी माओवादीका सक्रिय सदस्य भएको , उनको सम्बन्ध कास्मिरका पृथक्तावादी आन्दोलनसँग रहको र उनको खानतलासीबाट प्राप्त दस्तावेज पूर्णरूपमा संदिग्ध रहेको आफ्नो चार्जसिटमा उल्लेख गरेको छ ।

एनआईएले १ जनवरी २०१८मा पुणेमा भएको भीमा कोरेगांव मामिलामा आरोपित गरेको थियो । सर्वोच्च अदालतले उपचारका लागि नवलखालाई घरमा नजरबन्दमा राख्न आदेश दिइएको थियो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट