Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

भारतीय कांग्रेसकी नेतृ सोनिया गान्धी गंगाराम अस्पताल भर्ना


काठमाडौं ।भारतीय कांग्रेस पार्टीकी नेतृ सोनिया गान्धीलाई ज्वरोका कारण सर गंगाराम अस्पतालमा भर्ना गरिएको छ ।

बिहीवार भर्ना गरिएकी सोनिया गान्धीको अवस्था शुक्रबार स्थिर रहेको त्यहाँको स्वास्थ्य बुलेटिनमा जनाइएको छ ।

अस्पतालका प्रवक्ताले उनलाई बिहीवार भर्ना गरिएको जनाएका छन् ।

सर गंगाराम अस्पताल ट्रस्ट सोसाइटीका अध्यक्ष डी एस रानाले चेस्ट मेडिसिन डिपार्टमेन्टका वरिष्ठ कन्सल्टयान्ट अरुप बासु र उनको टोलीको सुपरिवेक्षणमा गान्धीलाई भर्ना गरिएको बताए ।

ज्वरोका कारण उनलाई भर्ना गरिएको जनाउँदै गान्धीको आवश्यक अनुसन्धान कार्य जारी रहेको र उनको स्वास्थ्य अवस्था स्थिर रहेको सो बुलेटिनमा उल्लेख गरिएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट