Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

चीन सरकारले ताइवान पुनर्एकीकरणका लागि काम गरिरहने प्रधानमन्त्री लीको भनाइ


काठमाडौ ।चीनको सरकारले ताइवान चीनको भूभाग भएको र शान्तिपूर्ण माध्यमबाट स्वशासित टापुसँग पुनर्एकीकरण लागि काम गरिरहने चिनियाँ प्रधानमन्त्री ली खछ्याङले बताएका छन् ।

आइतबारदेखि बेइजिङमा करिब ३ हजार प्रतिनिधिहरूको उपस्थितिमा सुरु भएको राष्ट्रिय जनकांग्रेसलाई सम्बोधन गर्दै लीले भने “हामीले चीन ताइवान सम्बन्धको शान्तिपूर्ण विकासलाई बढावा दिनुपर्छ र चीनको शान्तिपूर्ण पुनर्एकीकरण प्रक्रियालाई अगाडि बढाउनुपर्छ ।
बेइजिङको सरकार “एक चीन सिद्धान्त“ प्रति प्रतिबद्ध छ जसले ताइवान चीनको हिस्सा हो भनी जनाउँछ ।

ताइवान स्वतन्त्रताको विरोध गर्न दृढ कदम चाल्न चिनियाँ प्रधानमन्त्रीले चिनियाँ अधिकारीहरूको प्रतिबद्धतालाई जोड दिए ।

ताइवान सन् १९४९देखि स्वशासित छ । तर आधिकारिक रूपमा चीनबाट स्वतन्त्रता घोषणा गरेको छैन। चिनियाँ सरकारले यस टापुलाई आफ्नो क्षेत्रको हिस्सा ठान्दछ र अमेरिकासँगको उसको सम्पर्कको कडा विरोध गर्दछ। अमेरिकाले ताइवानलाई हतियार बेच्ने गरेको कार्यलाई चीनले विरोध गरी आएको छ ।

अमेरिकी सरकारले ताइवानको विरुद्धमा बल प्रयोग गरेमा ताइवानको रक्षा गर्ने वाचा गरेको छ।

अगस्टदेखि ताइवान वरपरको क्षेत्रमा तनाव उच्च रहेको छ ।

तत्कालीन अमेरिकी सदनका सभामुख न्यान्सी पेलोसीले चिनियाँ अधिकारीहरूको चेतावनीको बाबजुद ताइवानको राजधानी ताइपेईको भ्रमण गरिन् । त्यसको विरोधमा चिनियाँ सरकारले ताइवान दर्रामा सबैभन्दा ठूलो सैन्य अभ्यास सुरु गरेको थियो ।

चिनियाँ नेता सी चिनफिङले गत वर्ष चिनियाँ सरकारले ताइवानसँग शान्तिपूर्ण पुनर्एकीकरणका लागि प्रयास जारी राख्ने बताए । तर बल प्रयोग गर्नुपर्ने त्यसबाट पछि नहट्ने भन्दै पुनर्एकीकरणका लागि कुनै पनि उपाय अपनाउने उनले बताएका थिए ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट