Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

मेक्सिकोमा अपहरणमा परेका चार अमेरिकी नागरिकमध्ये दुई जनाको हत्या


काठमाण्डौं, २४ फागुन । मेक्सिकोमा अपहरणमा परेका चार जना अमेरिकी नागरिकमध्ये दुई जनाको हत्या भएको छ ।

अमेरिका र मेक्सिकोका अधिकारीका अनुसार दुई जनाको भने सकुशल उद्धार गरिएको छ । गएको मार्च ३ तारिखमा बन्दुकधारी समूहले चार जना अमेरिकी नागरिकको अपहरण गरेका थिए । टेक्सासको सीमा पारी मेक्सिकोको उत्तर पूर्वी राज्य तमाउलिपासको माटामोरोस सहरबाट उनीहरु अपहरणमा परेका थिए ।

उनीहरुका आफन्तका अनुसार उनीहरु कस्मेटिक सर्जरीका लागि त्यहाँ गएका थिए । उद्धार गरिएका दुई जनाको अमेरिकीको अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले घटनामा संलग्न रहेको आशंकामा २४ वर्षीय एक व्यक्तिलाई पक्राउ गरेको छ । घटनाप्रति अमेरिका र मेक्सिको सरकारले दुःख व्यक्त गरेका छन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #hatya, #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट