Techie IT
  • १२ वैशाख २०८१, बुधबार
Jhilko

टर्कीमा भूकम्पले क्षति पुगेका १० वटा अस्पताल सुरक्षित ठाउँमा सारियो


टर्कीको इस्तानबुलमा भूकम्पले क्षति गरेका १० वटा अस्पताललाई सुरक्षित ठाउँमा सारिएको छ । यी अस्पतालले सहरका अन्य स्वास्थ्य संस्थाका सुरक्षित भवनबाट सेवा सुरु गरेका छन् ।

अस्पताल सारिएको परिसरभित्र सुरक्षित संरचना पनि निर्माण गरी उपचार थालिएको स्वास्थ्यमन्त्री फहरेटिन कोकाले जानकारी दिए । देशभरि नै अस्पताल सुरक्षित गर्ने योजना रहेको पनि उनले जानकारी दिए। टर्की र सिरियाका भूकम्प पीडितलाई संयुक्त राष्ट्र सङ्घीय निकायले निरन्तर सहयोग उपलब्ध गराउँदै आएका छन् ।

भूकम्प पीडितलाई खाद्यान्न र पानीको समस्या छ । सफा पिउने पानीको अभाव हुँदा कतिपय ठाउँमा हैजाको प्रकोप फैलिने जोखिम पनि बढेको छ । आवश्यक औषधि तथा खाद्यान्नको प्रबन्ध गरिरहेको राष्ट्रसङ्घीय निकायले जनाएका छन्।

फेब्रुअरी अन्तिमतिर गएको भूकम्पले टर्की र सिरियामा ४६ हजारभन्दा धेरै मानिसको ज्यान गएको छ भने हजारौको सङ्ख्यामा घाइते भएका छन् । त्यस्तै लाखौँ नागरिक घरबारविहीन भएका छन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट