Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

इजरायलमा अहिलेसम्मकै ठूलो नागरिक आन्दोलन : लाखौँ व्यक्ति सडकमा


इजरायलमा इतिहासकै ठूलो आन्दोलन भएको छ । न्यायिक प्रणालीमा आमूल परिवर्तन गर्ने सरकारको योजनाको विरोधमा १० हप्तादेखि भइरहेको प्रदर्शनमा लाखौँ व्यक्ति सडकमा पुगेर विरोध जनाएका बीबीसीले जनाएको छ ।

राजधानी तेल अबीबमा हिजो शनिवारमात्रै दुई लाख जना मानिस सडकमा पुगेका छन् । नयाँ न्यायिक प्रणालीले लोकतन्त्रलाई कमजोर बनाउने भन्दै नागरिक आन्दोलित भएका हुन् । तर प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले योजनाबद्ध परिवर्तनहरू मतदाताका लागि राम्रो भएको जिकिर गरेका छन् ।

हिजोमात्रै देशभरका सहरमा पाँच लाख जना आन्दोलनमा सहभागी भएका नेतृत्वकर्ताले बताएका छन् । हिजोको आन्दोलनलाई देशको इतिहासमा सबैभन्दा ठूलो प्रदर्शनका रूपमा व्याख्या भएको छ ।

विपक्षी नेता यायर लापिडले दक्षिणी सहर बेयर शेवामा आमसभालाई सम्बोधन गर्दै देशले इतिहासमा सबैभन्दा ठूलो सङ्कटको सामना गरिरहेको बताए । सरकारको कदमलाई नागरिकले प्रतिगमनको संज्ञा दिँदै इजरायललाई पूर्ण तानाशाही शासनमा लैजाने षड्यन्त्र भइरहेको बताएका छन् ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट