Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

युक्रेन युद्ध रोक्न रुसलाई चिनियाँ राष्ट्रपति सीको १२ बुँदे प्रस्ताव


चिनियाँ राष्ट्रपति सी जिनपिङले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसमक्ष युक्रेन युद्ध अन्त्यको प्रस्ताव राखेका छन् । रुस भ्रमणमा रहनुभएका सीले रुस–युक्रेन युद्धका लागि चीनले तयार गरेको १२ बुँदे प्रस्ताव समकक्षी पुटिनसमक्ष राखेका हुन् ।

चीनको प्रस्तावमा सामान्य सिद्धान्तका कुरा भए पनि युद्ध कसरी रोक्ने भन्ने विस्तृत योजना भने नरहेको र रुसले पछिल्लो भेटबारेमा विस्तृत जनाकारी दिइनसकेको बीबीसीले जनाएको छ । पश्चिमा देशहरूले रुसलाई एक्लो बनाइरहेका बेला चिनियाँ राष्ट्रपति सी रुस पुगेर युद्ध रोक्न आग्रह गरेका हुन् । चीनको प्रस्तावपछि रुसका राष्ट्रपति भ्लादिमर पुटिनले सम्झौताका लागि आफू खुला रहेको बताएको पनि बीबीसीले जनाएको छ ।

एक वर्षअघि रुसले युक्रेनमाथि आक्रमण गरे पनि चीनले त्यसको विरोध गरेको छैन । युक्रेन आक्रमणपछि सी पहिलो पटक रुस पुगेका हुन् । सीले आफ्नो भ्रमण निकै फलदायी हुने बताएका छन् ।

यसैबीच अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्केनले भने सीको भ्रमण हतियार बेच्न गरेको चालबाजी रहेको आरोप लगाएका छन् । तर सीको भ्रमणबारे युक्रेन भने आशावादी देखिएको छ । चीनले दुई हप्ताअघि साउदी अरेबिया र इरानबीचको द्वन्द्व शान्तिमा रूपान्तरण गर्ने सम्झौता गराउन सफल भएको थियो ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट