Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

क्यानडाको जनसङ्ख्या वृद्धिदर ६५ वर्षयताकै उच्च


क्यानडाको जनसङ्ख्या वृद्धिदर अघिल्लो ६५ वर्षयताकै उच्च भएको छ । क्यानडाको तथ्याङ्क विभागका अनुसार गएको वर्ष पहिलो पटक क्यानडाको जङ्संख्या १० लाख जनाभन्दा धेरैले बढेको छ । अब क्यानडाको जनसङ्ख्या ३ करोड ८५ लाख जनाबाट बढेर ३ करोड ९५ लाख जनाभन्दा धेरै पुगेको छ । यो वृद्धिदर दुई दशमलव सात प्रतिशत हो । यसअघि सन् १९५७ मा क्यानडामा जनसङ्ख्या वृद्धिदर दुई दशमलव सात प्रतिशत थियो ।

सरकारले देशको जनसङ्ख्या बढाउन र श्रमिकको अभाव हटाउन आप्रवासीलाई आकर्षित गरेको नतिजा स्वरूप अपेक्षितरूपमा जनसङ्ख्या बढेको जनाएको बीबीसीले जनाएको छ । क्यानडामा बुढ्यौली जनसङ्ख्याका कारण समस्या बढ्दै गएपछि सरकारले आप्रवासीलाई प्रवेश सहज बनाएर जनसङ्ख्या बढाएको हो । गएको वर्ष जनसङ्ख्या वृद्धिको ९६ प्रतिशत हिस्सा आप्रवासीले ओगटेका पनि खबरमा उल्लेख छ ।

क्यानडाका प्रधानमन्त्री जस्टिन टुड्रोले सन् २०१५ मा सत्ता सम्हालेदेखि नै जनसङ्ख्या बढाउनका लागि आप्रवासीहरू भित्र्याउने नियम खुकुलो बनाएका छन् । गएको वर्ष पनि क्यानडाले हरेक वर्ष पाँच लाख जना आप्रवासी भित्र्याउने घोषणा गरेको छ । अहिले जस्तै क्यानडामा हरेक वर्ष दुई दशमलव सात प्रतिशतको जनसङ्ख्या वृद्धि भएमा जनसङ्ख्या दोब्बर हुन २६ वर्ष लाग्नेछ ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट