Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

इजरायलले सिरियाको राजधानीमा मिसाइल आक्रमण गर्यो


काठमाडौं, १६ चैत । इजरायलले सीरियाको राजधानी दमास्कसमा मिसाइल आक्रमण गरेको छ।

स्थानीय समयअनुसार राति साढे एक बजे इजरायलले हवाई आक्रमण गरेको त्यहाँका स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। सीरियाली सेनाका अनुसार इजरायलले गोलान हाइट्सबाट दमास्कस वरपरका क्षेत्रका कयौँपटक मिसाइल प्रहार गरेको छ।

जसमा सीरियाली दुई सैनिक घाइते भएको र केही भौतिक क्षति भएको जनाइएको छ। सीरियाली सेनाले केही मिसाइल भने आकाशमै नष्ट गरिदिएको स्थानीय सञ्चारमाध्यम सनालाई उद्धृत गर्दै अलजजिराले उल्लेख गरेको छ।

इजरायलले हालैका वर्षमा सीरिया सरकार नियन्त्रित थुप्रै क्षेत्रमा सयौँ पटक आक्रमण गरिसकेको छ। गत महिना एलेप्पो अन्तर्राष्ट्रिय विमानस्थलमा दुईवटा मिसाइल प्रहार गरेको थियो । तर उसले सीरियामा मिसाइल प्रहार गरेको स्वीकार गर्ने गरेको छैन। उसले लेबनानको हिज्बुल्लाह तथा अन्य सशस्त्र समूह लक्षित आक्रमण गरेको दाबी गर्ने गरेको छ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट