Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पलाई आपराधिक अभियोगमा मुद्दा चल्ने


अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई आपराधिक अभियोगमा मुद्दा चल्ने भएको छ । म्यानहटन ग्रान्ड ज्युरीले ट्रम्पविरूद्ध आपराधिक अभियोग लगाउने निर्णय गरेको हो । अमेरिकाका कुनै पनि बहालवाला वा पूर्वराष्ट्रपतिलाई आपराधिक अभियोगमा मुद्दा चल्न लागेको यो पहिलो पटक हो ।

पोर्न स्टार स्ट्रोमी ड्यानियल्सलाई आफूहरूको सम्बन्धबारे चुप रहन ट्रम्पले सन् २०१६ को राष्ट्रपति चुनावअघि १ लाख ३० हजार अमेरिकी डलर दिएको अभियोगमा ज्युरीले अनुसन्धान गरेको थियो । अभियोगबारे थप विवरण खुलिनसकेको बीबीसीले जनाएको छ ।

सन् २०२४ मा फेरि राष्ट्रपतिको उम्मेदवार बन्ने तयारीमा रहेका ट्रम्पलाई यो निर्णयले धक्का लाग्ने अनुमान छ । ट्रम्प आउँदो मङ्गलवार अदालतमा उपस्थित हुने खबरमा उल्लेख छ । ट्रम्पले आत्मसमर्पण नगरे पक्राउ गरिनेछ । तर ट्रम्पले आफू निर्दोष रहेको र फसाउने षड्यन्त्र भइरहेको दाबी गर्दै आएका छन् ।

न्युयोर्कका डेमोक्र्याट कङ्ग्रेस सदस्य डेन गोल्डम्यानले ट्रम्पले राजनीतिक क्षेत्रमा नभइ अदालतमा आफ्नो रक्षा गर्नुपर्ने प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जालमा गोल्डम्यानले कानुनको शासनले यसको माग गर्ने उल्लेख गरेका छन् ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट