Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सिक्किममा हिमपहिरोमा परी ६ पर्यटकको मृत्यु कतिपय फसेको आंशका


काठमाडौं । भारतको सिक्किम प्रान्तमा हिमपहिरोमा परी कम्तीमा ६ पर्यटकको मृत्यु भएको छ भने कतिपय घाइते फसेका छन् ।

सिक्किमको नाथुला बोर्डरमा हिमपहिरोले आक्रमण गरेपछि कम्तीमा ६ जनाको मृत्यु भएको र एक दर्जन घाइते भएको समाचार संस्था पीटीआईलाई उल्लेख गरी इन्डियन एक्सप्रेसले जनाएको हो ।

अधिकारीहरूका अनुसार धेरै पर्यटक हिउँमुनि फसेका छन् ।

उद्धारकार्य जारी रहेको र फसेर घाइते भएकाहरूलाई अस्पताल लग्ने काम भइरहेको छ ।

उनीहरूलाई गान्तोकको अस्पतालमा लगिने गरिएको जनाइएको छ ।

नाथुला पास यसक्षेत्रको एक प्रमुख पर्यटकीय गन्तव्य रहेको छ ।

यसको सौन्दर्य र चिनियाँ सीमासँग जोडिएर रहेका दृश्य हेर्न पाउने भएकाले यहाँ पर्यटकहरू आउने गरेका छन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट