Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

चिनियाँ–रुसी प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, ‘दुई देशको सम्बन्धमा नयाँ अध्याय सुरुवात’


चीनका प्रधानमन्त्री ली छ्याङले मङ्गलवार रुसी प्रधानमन्त्री मिखाइल मिशुस्टिनसँग टेलिफोन वार्ता गरेका छन् । टेलिफोन वार्तामा लीले दुई देशका राष्ट्राध्यक्षको रणनीतिक निर्देशनमा नयाँ युगका लागि चीन र रुसबीचको बृहत् रणनीतिक साझेदारीको समन्वय उच्च स्तरमा विकास भएको बताएका छन् ।

चीन–रुस सम्बन्ध असंलग्नता, गैर टकराव र कुनै पनि तेस्रो पक्षलाई लक्षित नगर्ने, पारस्परिक सम्मान, आपसी विश्वास र पारस्परिक लाभका सिद्धान्तहरू पालना गर्दै दुई देशको आफ्नै विकास र पुनरुत्थानमात्र नभई अन्तर्राष्ट्रिय निष्पक्षता र समर्थनलाई पनि समर्थन गर्ने उनले बताए ।

यसैगरी प्रधानमन्त्री लीले चिनियाँ राष्ट्रपति सी जिनपिङको भर्खरैको रुस भ्रमणका क्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संयुक्तरूपमा द्विपक्षीय सम्बन्धको विकासको नयाँ खाका तयार गरेको कुरामा जोड दिए ।

चीन रुससँग मिलेर काम गर्न इच्छुक रहेको बताउँदै उनले दुई देशका सरकारी विभागहरूले दुई राष्ट्र प्रमुखले गरेको महत्त्वपूर्ण सहमतिलाई कार्यान्वयन गर्दै नयाँ विकास हासिल गर्न चीन र रुसबीचको व्यावहारिक सहयोगलाई अगाडि बढाउनुपर्ने बताएका छन् ।

आफ्नो तर्फबाट मिशुस्टिनले रुस–चीन सम्बन्ध अन्तर्राष्ट्रिय कानुन र बहुलवादको सिद्धान्तमा आधारित रहेको र विश्व शान्ति र स्थायित्व सुनिश्चित गर्न महत्त्वपूर्ण कारक रहेको भन्दै वर्तमानमा द्विपक्षीय सम्बन्ध इतिहासकै उच्च तहमा रहेको बताए । राष्ट्रपति सीको रुसको राजकीय भ्रमण पूर्णतया सफल रहेको र रुस–चीन सम्बन्धमा नयाँ अध्यायको सुरुवात भएको उनको टिप्पणी छ ।

रुसले चीनसँगको समन्वयको व्यापक रणनीतिक साझेदारीको कदर गर्ने र चीनसँग असल छिमेकी मित्रतालाई सुदृढ गर्नका निम्ति विभिन्न क्षेत्रमा व्यावहारिक सहयोगलाई प्रगाढ बनाउन र दुई देशको साझा विकासमा जोड दिन इच्छुक रहेको उनले बताए ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट