Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

टर्की भूकम्पमा पुरिएकी बालिकाले ५४ दिनपछि आमा भेट्न पाउँदा…


काठमाडौं। टर्कीको शक्तिशाली भूकम्पमा पुरिएर पाँच दिनपछि जीवितै उद्धार गरिएकी बालिकाले ५४ दिनपछि आमासँग भेट्न पाएकी छिन् ।

गत फेब्रुअरी ६ मा टर्कीमा गएको शक्तिशाली भूकम्पमा ती बालिका पुरिएकी थिइन्।

घटनामा उनका बुवा र दुई दाजुले ज्यान गुमाए भने आमा भने सख्त घाइते भएर उपचाररत थिइन्। घटनाको ५४ दिनपछि बालिका बेटिन भेदासलाई आमासँग भेट गराइएको हो।

टर्कीमा उनलाई चमत्कारी बालिकाको उपनाम दिइएको छ। टर्कीकी सामाजिक विकास मन्त्रीले अस्पतालमा रहेकी आमा समक्ष ती बालिकालाई भेटका लागि पुर्‍याएकी थिइन्।

‘बेटिन अब हाम्री पनि छोरी हुन् अब उनको रेखरखवाल सरकारले पनि गर्नेछ। उनी चामत्कारिक रूपमा जीवित भेटिइन्। उनी जीवित फेला पर्दा हामी निकै हर्षित भयौँ भने भवन सम्बन्धी नियम मिच्नेहरूप्रति उत्तिकै कठोर भयौँ,’ सामाजिक मन्त्री देर्या यानिकले भनेकी छिन्। ती बालिकाको १ सय २८ घण्टापछि जीवितै उद्दार भएको थियो।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट