Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

चीनसँग युद्ध गर्न अमेरिका तयार रहेको अमेरिकी सांसदको भनाइ


काठमाडौं । चीनसँग युद्ध गर्न अमेरिका तयार रहेको अमेरिकी सांसदले जनाएको छ ।

चीन सरकारले ताइवान विरुद्ध आक्रमण गरेमा अमेरिकी कंग्रेसले चीनसँग प्रत्यक्ष सैन्य भिडन्तको अनुमति दिने संसदको विदेश मामिला समितिका अध्यक्ष माइकल म्याकउलले फक्स न्यूजसँगको एक अन्तर्वार्तामा यस्तो बताएका हुन् ।

टेक्सास रिपब्लिकन प्रतिनिधि ताइपेईबाट स्वशासित टापुको तीन दिने द्विदलीय प्रतिनिधिमण्डल भ्रमणको क्रममा कुरा गरिरहेका थिए।

म्याकलले भने “यदि कम्युनिष्ट चीनले ताइवानमा आक्रमण ग¥यो भने यो निश्चित रूपमा टेबलमा हुनेछ र कांग्रेस र अमेरिकी जनतासँग छलफल गर्ने कुरा हुनेछ, यदि अमेरिकी जनताले यसलाई समर्थन गरे भने कांग्रेसले त्यसलाई अनुशरण गर्नेछ ।“


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट