Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

हुथी विद्रोहीसँग युद्धविराम वार्ता गर्न साउदी प्रतिनिधिमण्डल यमनमा


इरान समर्थित हुथी लडाकु समूहसँग युद्धविराम वार्ता गर्न साउदी अरबको एक प्रतिनिधिमण्डल यमनको राजधानीमा पुगेको छ । सन् २०२२ को अक्टोबरमा समाप्त भएको युद्धविराम सम्झौता नवीकरण गर्नेबारे छलफल गर्न साउदी प्रतिनिधिमण्डल ओमान पुगेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

टोलीले ओमानी अधिकारीसहित हुथीको राजनीतिक परिषद्का अध्यक्ष महदी अल–मशातसँग भेटवार्ता गर्नेछ । यमन र साउदी अरब दुवैसँग सीमा जोडिएको ओमान संयुक्त राष्ट्र सङ्घको शान्ति प्रयाससँग समन्वय गरी युद्धविरामका लागि सक्रिय रूपमा लागिपरेको छ । साउदी अरब र इरानबीच तनाव कम गर्न र कुटनीतिक सम्बन्ध पुनः स्थापित गर्न चिनियाँ प्रयासहरूपछि यमनमा युद्ध अन्त्यका लागि प्रयासहरू बढेका छन् ।

यमनमा सन् २०१४ को अन्त्यतिर इरान समर्थित हुथी लडाकु समूहले साउदी समर्थित यमनी सरकारलाई राजधानी सानाबाट बाहिर निस्कन बाध्य पारेपछि यमनमा द्वन्द्वले उत्कर्ष रूप लिएको थियो । यस युद्धले दशौँ हजार मानिसको ज्यान गएको छ भने ४० लाख मानिस विस्थापित भएका छन् । युद्धले देशलाई भोकमरीको सङ्घारमा पुर्‍याएको छ ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट