Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

वृहस्पति ग्रहमा एलिअन पता लगाउन युरोप अन्तरिक्ष यान पठाउँदै


काठमाडौं । युरोपको अन्तरिक्ष नियोगले सौर्यमण्डलको सबै भन्दा ठुलो ग्रह वृहस्पति (जुपिटर)का चन्द्रमाहरूमा अन्तरिक्ष मानव वा एलियनको बसोवास रहेको हो होइन भन्ने विषयको अध्ययन गर्न एक अन्तरिक्ष यान अप्रिल १३ बिहीबारका दिन पठाउन लागेको छ ।

युरोपियन अन्तरिक्ष नियोगले यो मिसनलाई जुस मिसन भनेको छ ।

यो यान फ्रेन्च गुइआनाबाट १३ः१५ बीएसटीमा उडने भएको हो ।

यो यान सौर्य प्रणालीको यात्रा ८ वर्षसम्म गर्ने छ ।

यो जुस यान जुपिटर प्रणालीमा सन् २०३१ अन्ततः पुग्ने छ ।

यो निर्माण १ अर्ब ४० करोड पाउन्ड खर्च भएको छ । यसमा बेलायतको अन्तरिक्ष नियोगको ९० लाख पाउन्डको सहयोग छ ।

यो स्याटेलाइटले साढे आठ वर्षको अवधिमा ६ अर्ब ६० करोड किलोमिटरको यात्रा गरी जुलाई २०३१ मा बृहस्पतिमाको प्रणालीमा प्रवेश गर्नेछ ।

जुपिटरको हिमवत चन्द्रममा जीवन हुन सक्ने अपेक्षा गरिएको छ । अन्तरिक्षमा बस्ने जीवनलाई एलियन भनिएकोले यस्ता जीवहरूको खोजी यसको कार्य हो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, विज्ञान
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट