चुहावट भएको पछिल्लो दस्ताबेजबारे विश्वलाई स्पष्ट पार्न अमेरिकालाई चीनको आग्रह

चीनले अमेरिकालाई चुहावट भएको पछिल्लो दस्ताबेजबारे विश्वलाई स्पष्ट पार्न आग्रह गरेको छ ।
अमेरिकी सेनाको गोप्य दस्ताबेज सार्वजनिक भएको विषयमा चीनले अन्तर्राष्ट्रिय समुदायलाई स्पष्टीकरण दिन अमेरिकी पक्षलाई आग्रह गरेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले बताएका छन् ।
पेन्टागनका केही शङ्कास्पद गोप्य दस्ताबेजहरू हालै सार्वजनिक भएका थिए । चुहावट भएका पछिल्ला दस्ताबेजले अमेरिकी सरकार रूस र युक्रेनबीचको द्वन्द्वमा गहिरो रूपमा संलग्न रहेको र आफ्ना सहयोगीहरूको जासुसी गरिरहेको सङ्केत गर्छ ।
चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले नियमित पत्रकार सम्मेलनमा अमेरिकाले अन्तर्राष्ट्रिय समुदायलाई स्पष्टीकरण दिन आवश्यक रहेको बताउनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ता जोन किर्बीले पेन्टागन लिक्सलाई खतरनाक चुहावटको संज्ञा दिँदै यसले राष्ट्रिय सुरक्षामा पार्न सक्ने प्रभावका बारेमा विश्लेषण भइरहेको र फौजदारी अनुसन्धान अघि बढाइएको बताएका बीबीसीले उल्लेख गरेको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking
प्रतिक्रिया