Techie IT
  • १७ मंसीर २०८०, आईतबार
Jhilko

सुडानको केन्द्रीय प्रयोगशाला सेनाको कब्जामा, ‘खतरनाक भाइरसको जोखिम बढ्यो’


सुडानमा लडाइँ गरिरहेको सेनाको एउटा पक्षले केन्द्रीय प्रयोगशाला कब्जा गरेको कारण जैविक खतरा बढेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले चेतावनी दिएको छ ।

डब्ल्यूएचओका सुडान प्रतिनिधि निमा सइद अबिदले भिडियो लिङ्कमार्फत कुराकानी गर्दै पोलियो र दादुरालगायतका रोगहरूको नमुना राख्ने केन्द्रीय प्रयोगशाला लडाइँ गरिरहेको एउटा पक्षले कब्जामा लिएको भन्दै यसले जैविक खतरा बढेको बताएका भारतीय सञ्चारमाध्ययम एनडीटिभीले जनाएको छ । लडाइँ गरिरहेको पक्षको कब्जामा यस्तो प्रयोगशाला पुग्नु अत्यन्तै खतरनाक हुने उनले बताएका छन् ।

प्रयोगशाला कुन पक्षले कब्जा गरेको भन्ने नखुलाई अबिदले सशस्त्र समूहको एउटा पक्षले सबै कर्मचारीलाई बाहिर निकालेर प्रयोगशाला नियन्त्रणमा लिएको र यसबाट ठूलो दुर्घटनाको जोखिम रहने बताएका छन् ।

सुडानमा सुडानी सेना र अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्सेज (आरएसएफ) बीच लडाइँ चलिरहेको छ । आरएसएफको नेतृत्व पनि सेनाकै एक जनरेलले गर्दै आएका छन् । लडाइँमा चार सय जनाभन्दा धेरैको ज्यान गइसकेको छ । पश्चिमालगायतका कंयौँ देशले सुडानबाट आफ्ना नागरिकको उद्धार गरेका छन् । लडाइँ गरिरहेका दुई पक्षबीच आज बिहानदेखि ७२ घण्टे युद्धविराम लागू भएको छ ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट