Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान गिरफ्तार


काठमाडौं । पाकिस्तानी अर्धसैनिक बलले मंगलबार पूर्वप्रधानमन्त्री इमरान खानलाई गिरफ्तार गरेको जियो टिभीले जनाएको छ ।

यस घटनाको पुष्टि पीटीआईका वकिल फैसल चौधरीले गरेका छन् ।

खान अध्यक्ष रहेका पाकिस्तान तहरीक–ए–इन्साफ पार्टी( पीटीआई)का उपाध्यक्ष फवाद चौधरीले रेन्जर्सद्वारा खानलाई कब्जा गरिएको जनाएका हुन् ।

पीटीआई पार्टीले इमरान खानलाई इस्लामावाद उच्च न्यायालय भित्रबाट पाकिस्तानी रेंजर्सले अपहरण गरी लगेको आरोप लगाएको छ।

साथै पार्टीले देशभर आन्दोलन गर्ने चेतावनी दिएको छ । डाउन डटकमका अनुसार यस घटनाक्रमको प्रतिक्रियामा इश्लामाबाद उच्च अदालतका मुख्य न्यायाधीश आमिर फारुकले इस्लामाबादका प्रहरी प्रमुख, आन्तरिक मन्त्रालयका सचिव र अतिरिक्त महान्यायाधिवक्तालाई तुरुन्तै अदालतमा उपस्थित हुन निर्देशन दिए ।

प्रधानन्यायाधीशले इस्लामावादका प्रहरी प्रमुख अदालतमा उपस्थित नभए प्रधानमन्त्रीलाई बोलाउने चेतावनी दिएका छन् । न्यायमूर्ति फारुकले भने, “अदालतमा आउनुहोस् र हामीलाई बताउनुहोस् कि इमरानलाई किन गिरफ्तार गरियो र कुन मुद्दामा“।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट