Techie IT
  • १७ जेठ २०८१, बिहीबार
Jhilko

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्प यौन दुर्व्यवहार सम्बन्धी मुद्दामा दोषी ठहर


काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहार सम्बन्धी एक मुद्दामा दोषी ठहर भएका छन् ।

उनलाई न्युयोर्कको एक अदालतले यौन दुर्व्यवहारमा दोषी ठहर्‍याउँदै पीडितलाई क्षतिपूर्ति बापत ५० लाख डलर दिनुपर्ने फैसला सुनाएको छ ।

एक म्यागेजिनकी लेखिका ई. जीन केरलले सन् १९९० मा ट्रम्पले आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । साथै उनले ट्रम्पमाथि आफ्नो मानहानी गरेको आरोप समेत लगाएकी थिइन् ।

यो मुद्दामा पूर्व राष्ट्रपति ट्रम्पलाई अदालतले दोषी ठहर्‍याएको बीबीसीले जनाएको छ ।

तर अदालतले जीन केरलले लगाएको बलात्कार आरोपमा भने ट्रम्पलाई दोषी ठहर्‍याएको छैन ।

ट्रम्पले अदालतको फैसलामा असन्तुष्टि जनाएका छन् । साथै उनले फैसलाविरुद्ध अपिल गर्ने प्रतिक्रिया दिएका छन् ।

पोर्न स्टार स्टोर्मी डेनिल्सलाई पैसा दिएर दबाबमा राखेको अभियोगमा ट्रम्पमाथि अर्को फौजदारी मुद्दा पनि छ ।

७६ वर्षका ट्रम्पमाथि अवैध तरिकाले अर्बौँ डलरको सम्पत्ति जम्मा गरेको, ह्वाइटहाउसबाट महत्वपूर्ण कागजात गायब पारेको, राष्ट्रपति चुनावको परिणाम अस्वीकार गर्दै आफ्ना समर्थकलाई संसद भवनमा आक्रमणका लागि उक्साएकोलगायतका आरोप पनि छन् ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट