पाकिस्तानमा पूर्व प्रधानमन्त्री इमरान खानको पक्राउलाई लिएर प्रदर्शन चर्कियो
![](https://archive.jhilko.com/wp-content/uploads/2023/05/Pakistan-1.jpg)
काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान पक्राउ परेपछि प्रदर्शन चर्किएको छ ।
पाकिस्तानका विभिन्न सहरमा भएको प्रदर्शनमा कम्तिमा ४३ जना प्रदर्शनकारी पक्राउ परेका छन् ।
पूर्व प्रधानमन्त्री खानलाई इस्लामाबादमा अदालत परिसरबाट पक्राउ गरिएको थियो ।
भ्रष्टाचारसम्बन्धी आरोप लगाइएको मुद्दाबारे उनी अदालतमा उपस्थित हुन लागेका थिए ।
पूर्व प्रधानमन्त्री खानविरुद्ध अन्य थुप्रै मुद्दा चलिरहेका छन् । यद्यपि आफूमाथि लगाइएका सबै आरोप राजनीतिक रूपले प्रेरित भएको भन्दै पूर्व प्रधानमन्त्री खानले तिनलाई अस्वीकार गर्दै आएका छन्।
उनको दल पीटीआईका कार्यकर्ताले विभिन्न ठाउँमा प्रदर्शन र तोडफोड गरेका छन् ।
इस्लामाबादमा प्रदर्शनले उग्र रूप लिएको छ । कम्तीमा ४३ प्रदर्शनकारी पक्राउ परेका र तीन जना प्रहरी घाइते भएका बीबीसीले जनाएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking
प्रतिक्रिया