Techie IT
  • १७ जेठ २०८१, बिहीबार
Jhilko

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले गैरकानुनी रूपमा उपहार बेचेको ठहर


काठमाडौं । पाकिस्तानको एक अदालतले पूर्व प्रधामन्त्री इमरान खानलाई गैरकानुनी रूपमा उपहार बेचेकोमा दोषी ठहर गरेको छ ।

खानले प्रधानमन्त्री हुँदा विदेशी पाहुनाबाट प्राप्त गरेको उपहार गैरकानुनी रूपमा बेचेको अदालतले ठहर गरेको हो ।

खान सन् २०१८ देखि २०२२ सम्म पाकिस्तानका प्रधानमन्त्री थिए। खानमाथि गएको अगस्टमा पाकिस्तान मुस्लिम लिगका एक सदस्यले मुद्दा दायर गरेका थिए ।

खानले उपहार राज्यकोषमा दाखिला नगरी भ्रष्ट आचरणमा संलग्न रहेको अदालतको ठहर छ ।

तर खानले आफूमाथि लगाएको आरोप राजनीतिक रुपबाट प्रेरित भएको भन्दै अस्वीकार गर्दै आएका छन् ।

अस्ति पूर्व प्रधानमन्त्री खान पक्राउ परेपछि देशभर प्रदर्शन चर्किएको छ । पाकिस्तानको पञ्जाब प्रान्तबाट एक हजार भन्दा धेरै व्यक्ति पक्राउ परेका बीबीसीले जनाएको छ ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट