Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

‘चीनमाथि औँला उठाउने ल्याकत अमेरिकासँग छैन’


काठमाडौं । चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले चीनमाथि औँला उठाउने ल्याकत अमेरिकासँग नभएको बताएका छन् ।

अमेरिकाले बल प्रयोग गरेर विश्वमा आफ्नै नियम थोप्दै अन्तर्राष्ट्रिय कानुनको स्पष्ट उल्लंघन गरेको दाबी गर्दै प्रवक्ता वाङले बताएका हुन् ।

अमेरिकी सरकारले आफ्ना सहयोगीहरूका साथ जी ट्वेन्टी शिखर सम्मेलनमा चीनले जिम्मेवार ढंगले काम गर भन्न योजना बनाएको बेला प्रवक्ताको वाङले यस्तो बताए ।

बिहीबार आफ्नो नियमित प्रेस सम्मेलनमा वाङले विश्वका बहुसंख्यक देशहरूका लागि अन्तर्राष्ट्रिय नियमहरू शब्दको अर्थ संयुक्त राष्ट्रको बडापत्रमा निहित सम्बन्धका आधारभूत मापदण्डहरू हो भनी वाङले प्रष्ट पार्दै भने “ “यद्यपि, जब जी सेभेनले अन्तर्राष्ट्रिय नियमहरूको बारेमा कुरा गर्छ, तिनीहरूको मतलब पश्चिमी नियमहरू हुन् । ती नियमहरूले अन्तर्राष्ट्रिय समुदायको साझा हितको सट्टा जी सेभनसहित धेरै कम देशहरूको निहित स्वार्थको सेवा गर्दछन्।“

चीनलाई यी नियमहरू पालना गर्न आग्रह गरिरहेक बेला अमेरिकाले १७ वटा अन्तर्राष्ट्रिय संगठन र सन्धिहरूबाट टाढा गएको छ । आफ्ना सहयोगी र शत्रुहरूको अन्धधुन्ध जासूसी गरेको छ ।कूटनीतिक रूपमा बलियो सशस्त्र देशहरू, आर्थिक जबरजस्ती र सैन्य हस्तक्षेप लागू गरेको छ वाङको जिकिर छ ,
“अमेरिकाले अफगानिस्तान, इराक र सिरिया र अमेरिका भन्दा सानो र कमजोर अन्य देशहरूमा स्पष्ट रूपमा आक्रमण गरेको छ, लाखौं निर्दोष नागरिकहरूलाई मारेको र विस्थापित गरेको छ । जब यो अन्तर्राष्ट्रिय नियमहरूको कुरा आउँछ, अमेरिकाको स्थान शून्य हुन्छ छ । अमेरिका अन्य देशहरूमाथि औँला उठाउने स्थितिमा छैन”


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट