Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

अमेरिकी राष्ट्रपति बाइडेनकी पूर्व सहयोगी तारा रीड ज्यान जोगाउन रुस रोजिन


काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनकी पूर्व सहयोगी तारा रीडले ज्यान जोगाउन रुस भागेकी छिन् ।

उनले बाइडेनमाथि आफूलाई यौन दुव्र्यवहार गरेको आरोप लगाउने पूर्व सहयोगी तारा रीडले रुसको नागरिकता लिने भएकी छिन् ।

उनले केही दिन अघि आफू अमेरिकामा सुरक्षित नभएको बताएकी थिइन् ।

उनले रुसलाई कहिल्यै आफ्नो शत्रुको रूपमा उल्लेख गरेकी छैनन् । उनले रुसमा आफूलाई कदर गर्ने साथीहरू रहेको र आफूलाई सुरक्षा दिन हात बढाएको बताइन् ।

आफू असल नागरिक हुने वाचा गर्दै राष्ट्रपति भ्लादिमिर पुटिनसमक्ष रुसी नागरिकताका लागि आवेदन दिन चाहेको उनले बताइन् ।

सन् २०२० अमेरिकी राष्ट्रपतिको दौडे उचाईमा पुगिरहेका बेला रीडले बाइडेनलाई यौन दुव्र्यवहार गरेको आरोप लगाएकी थिइन् ।

उनले सन् १९९३मा सिनेटमा सहयोगीको रूपमा काम गर्दा बाइडेनबाट यौन दुव्र्यवहार खेप्न परेको खुलाएकी थिइन् ।

स्पुतनिकसँग कुरा गर्दै रीडले रुस जाने निर्णय धेरै गाह्रो भएको बताइन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट