Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

विमान दुर्घटनाकोे चालीस दिनपछि हराइरहेका बालबालिका अमेजनको जंगलमा जिउँदै भेटिए


काठमाडौं । विमान दुर्घटनाको चालीस दिनपछि हराइरहेको चार बालबालिका अमेजनको जंगलमा जिँउदै फेला परेका छन् ।

ती चार मध्ये एक मात्र ११ महिनाको मात्र रहेका छन् ।

कोलम्बियाली सेनाले शुक्रबार राति एक ट्वीटमार्फत यो जानकारी सार्वजनिक गरेका थिए ।

सैनिक र उद्धारकर्मीहरूसँगै बच्चाहरू देखाइएको फोटो साझा गरी सेनाले यसको जानकारी दिएको थियो ।

कोलम्बियामा यो खबरबाट खुशियालीको महोल बनाएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।

कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले आफ्नो सामाजिक सञ्जाल पोस्टमार्फत यो उत्सव मनाउँदै “पूरै देशको लागि खुशी“ भनेर सन्देश सार्वजनिक गरे ।

चिकित्सकहरूको स्वास्थ्य परीक्षणामा ती बालबालिकाहरूलाई पठाइएको र उनीहरूको स्वास्थ्यको पूर्ण विवरण सार्वजनिक नगरिएको सो समाचारमा जनाइएको छ ।

चार जना दाजुभाइलाई मे १ मा तीव्र गतिमा खसेको एकल इन्जिन सेसना विमानको दुर्घटनास्थलबाट टाढा कोलम्बियाको गुभियार र काक्वेटा प्रान्तहरू बीचको सिमाना नजिकै भेटिएको बताइएको छ।

इन्जिन फेल भएर भएको सो विमान दुर्घटनामा बालबालिकाका आमाबुवा र पाइलटको मृत्यु भएको थियो। तिनीहरूको शव पहिले विमान नजिकै फेला परेको थियो ।

१३, नौ, चार र एक वर्षका बालबालिकाहरू दक्षिणी कोलम्बिया र उत्तरी पेरुका मूल निवासी हुइटोटो समुदायका हुन्।

अधिकारीहरूले भने कि दुई जेठा छोराछोरीले वर्षावनमा बाँच्नको लागि केही अनुभव गरेका थिए ।

कम्तीमा १५० जना सैनिकहरूले खोज अभियानलाई फराकिलो बनाएका थिए ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट