Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

नाट्य निर्देशनको आधारभुत विधि


परिचय :

नाट्य निर्देशन विधि भनेको नाट्य निर्देशनको तौरतरिका हो । यसमा नाट्य निर्देशनको प्रारम्भदेखि अन्त्यसम्मका कार्यहरू गरिन्छ । यसलाई निर्देशकले निर्देशन गर्छ । यसमा निर्देशक प्रमुख व्यक्ति हुन्छ । निर्देशककै विचारमा नाटकको प्रर्दशन हुन्छ । नाट्य निर्देशनको सम्पुर्ण चाँजोपाँजो पनि निर्देशकले नै मिलाउँछ । यसमा नाट्यको गुणस्तरलाई प्राथमिकता दिइन्छ । तर नाट्य निर्देशनको अवधिमा विभिन्न समस्याहरू आउँछन् । त्यसलाई चिरेर जानुपर्छ । त्यसको लागि नाट्य अठोट चाहिन्छ । नाट्य अठोट नै छैन भने नाट्य निर्देशन अधुरो हुन्छ । यसरी नाट्य निर्देशनपछि नाटक प्रर्दशन हुन्छ । यस्ता नाट्य निर्देशन विधिहरू धेरै छन् । यी विधिहरू निर्देशकमा नै भर पर्छ । तर नाट्य निर्देशनका लागि नाट्य छनौट, कलाकार छनौट, पूर्वाभ्यास, प्रर्दशन र समीक्षा आदि आधारभुत विधिहरू हुन् । यस लेखमा यी नै नाट्य निर्देशन आधारभुत विधिहरूलाई प्रस्टाइएको छ ।

विषय छनौट :

नाट्य छनौट भनेको नाट्य कृतिको विषय छनौट हो । नाट्य निर्देशनको लागि नाट्यकृति छनौट गरिन्छ । यसमा नाट्य विषयको खोजी गरिन्छ । उद्देश्य अनुसारको विषय पाएपछि त्यो विषयको अध्ययन गरिन्छ । त्यो विषयमा भएका तथ्यहरूको प्रमाणीकरण गरिन्छ । त्यो विषयभित्र सूक्ष्म अध्ययन गरिन्छ । शङ्का लागेको विषयमा थप अनुसन्धान गरिन्छ । त्यसको तथ्य जुटाइन्छ । त्यसलाई प्रमाणीकरण गरिन्छ । तथ्यको प्रमाणीकरण भएपछि नाट्यछनौट गरिन्छ । नाट्यछनौट भएपछि कलाकार छनौट गरिन्छ ।

नाट्य निर्देशनको विधि भनेको नाट्य प्रर्दशनको तौरतरिका हो । यसमा नाट्यप्रर्दशनको प्रारम्भदेखि अन्तयसम्मका सम्पुर्ण कार्यहरू हुन्छन् । नाट्य निर्देशनका लागि नाट्य छनौट, कलाकार छनौट, पूर्वाभ्यास, प्रर्दशन र समीक्षा आदि प्रमुख विधिहरू मानिन्छन् । यसलाई निर्देशकले नियन्त्रण गर्छ । नाट्य निर्देशनका विधिहरू धेरै छन् । यस विधिलाई निश्चित रूपमा किटान गर्न सकिँदैन । यी माथिका नाट्य निर्देशनका विधिहरू प्रतिनिधि मात्रै हुन् । नाट्य निर्देशन विभिन्न विधिबाट पनि गर्न सकिन्छ । यो विधि निर्देशकमा भर पर्छ । यसमा जीवनको भाव मात्रै उतारिएको हुन्छ । नाट्य निर्देशन कलाकारको क्षमतामा भर पर्छ । त्यसैले पनि नाट्य निर्देशनको सबैभन्दा भर पर्दाे विधि भनेको विषयको गहिराईमा डुबेर बढीभन्दा बढी पूर्वअभ्यास गर्नु नै हो ।

कलाकार छनौट :

कलाकार छनौट भनेको पात्र अनुसारको कलाकारको छनौट हो । यसमा पात्रअनुसार कलाकार छनौट गरिन्छ । यसले नाटकलाई वास्तविक देखाउँछ । तर कलाकार छनौट अगाडि कलाकारको खोजी गरिन्छ । खोजिएका कलाकारहरू मध्ये पात्रलाई सुहाउने कलाकार चयन गरिन्छ । यसमा पात्र र कलाकारमा समानता हुनु पर्छ । असमानता भएका नाटकमा बनावटीपन देखिन्छ । पात्र छनौटमा निर्देशकले स्वविवेक प्रयोग गर्छ । यो छनौट आन्तरिक वा बाह्य प्रक्रियाबाट गरिन्छ । आन्तरिक छनौटमा विश्वासको प्रक्रिया हुन्छ तर बाह्य छनौटमा व्यवहारिकतालाई चलायमान गरिन्छ । यसले नाटकलाई स्वतन्त्रता दिलाउँछ । यसरी कलाकारको छनौटपछि पूर्वाभ्यास गरिन्छ ।

पूर्वाभ्यास :

पूर्वाभ्यास भनेको मुख्य कार्यभन्दा अगाडिको अभ्यासकार्य हो । यसले पछिको कार्यभार गर्छ । पूर्वाभ्यासको लागि पहिला कलाकारलाई नाटकको पाठ दिइन्छ । त्यो पाठलाई मिहिन तरिकाले पढिन्छ । नाट्यपाठभित्रको गहिराइमा पुगिन्छ । सम्वन्धित पात्रको संवादलाई कण्ठस्थ गरिन्छ । संवाद पुरा भएपछि भावमा डुवेर अभिनय गरिन्छ । अभिनय पुरा भएपछि ब्लकिङ गरिन्छ । ब्लकिङले नाटकलाई आकर्षक बनाउँछ । ब्लकिङपछि नाटकको पूर्वाभ्यासले पुर्णता पाउँछ । पूर्वाभ्यासले पुर्णतापाएपछि नाटकलाई प्रर्दशन गरिन्छ ।

प्रर्दशन :

प्रर्दशन भनेको कार्य प्रस्तुति हो । प्रर्दशनको लागि नाटकको गुणस्तरलाई ख्याल गरिन्छ । पूर्वाभ्यास प्रर्दशन योग्य भएपछि नाट्यकृतिलाई रङ्गमञ्चमा प्रर्दशन गरिन्छ । तर नाटकको प्रर्दशन पुर्व भरपुर पूर्वाभ्यास गराइन्छ । यसमा सम्वन्धित नाट्यघटनालाई मस्तिष्कमा राखेपछि नाट्यभावको गहिराइमा डुबेर नाट्यप्रर्दशन गरिन्छ । नाट्यप्रर्दशन अवधिमा घटनाअनुसार कलाकारको भाव अभिव्यक्तिमा परिवर्तन आउँछ । यस समयमा कलाकार कहिले चिच्याउँछ । कहिले हाँस्छ । कहिले उफ्रिन्छ । कहिले रून्छ । त्यस समयमा पात्रहरूको चरित्र अनुसार कलाकारमा बिभिन्न भाव भङ्गीपन आउँछ । यसले नाट्य प्रर्दशनलाई आकर्षक बनाउँछ । दर्शकलाई उत्साहीत गराउँछ । यस प्रर्दशनमा दर्शकलाई पनि उपस्थित गराइन्छ । दर्शक बिना नाटकको प्रर्दशन अधुरो मानिन्छ । यसरी नाट्य प्रर्दशनपछि समीक्षा गरिन्छ ।

समीक्षा:

समीक्षा भनेको मूल्याङ्कन हो । प्रर्दशनपछि समीक्षा गरिन्छ । यसमा नाटकको राम्रो र नराम्रो दुवै पक्षलाई केलाइन्छ । राम्रो पक्षलाई निरन्तरता दिइन्छ । कमीकमजोरीहरूलाई सुधारिन्छ । सुधारिएको नाटकलाई पुनः प्रर्दशन गरिन्छ । यसमा दर्शकको विचारलाई पनि समावेश गरिन्छ । सम्भव भएसम्म यसमा दर्शकलाई पनि सहभागी गराइन्छ किनकी यसमा दर्शक नै निर्णयक मानिन्छ । दर्शकबिना नाट्यसमिक्षा पनि अधुरो मानिन्छ । त्यसैले पनि नाट्य समीक्षामा दर्शकको विचारलाई अनिवार्यता मानिन्छ । यसरी नाट्य समीक्षाबाट प्राप्त विचारहरूलाई आवश्यकताका आधारमा अगामी संस्करणमा समावेश गरिन्छ ।

निष्कर्ष :

नाट्य निर्देशनको विधि भनेको नाट्य प्रर्दशनको तौरतरिका हो । यसमा नाट्यप्रर्दशनको प्रारम्भदेखि अन्तयसम्मका सम्पुर्ण कार्यहरू हुन्छन् । नाट्य निर्देशनका लागि नाट्य छनौट, कलाकार छनौट, पूर्वाभ्यास, प्रर्दशन र समीक्षा आदि प्रमुख विधिहरू मानिन्छन् । यसलाई निर्देशकले नियन्त्रण गर्छ । नाट्य निर्देशनका विधिहरू धेरै छन् । यस विधिलाई निश्चित रूपमा किटान गर्न सकिँदैन । यी माथिका नाट्य निर्देशनका विधिहरू प्रतिनिधि मात्रै हुन् । नाट्य निर्देशन विभिन्न विधिबाट पनि गर्न सकिन्छ । यो विधि निर्देशकमा भर पर्छ । यसमा जीवनको भाव मात्रै उतारिएको हुन्छ । नाट्य निर्देशन कलाकारको क्षमतामा भर पर्छ । त्यसैले पनि नाट्य निर्देशनको सबैभन्दा भर पर्दाे विधि भनेको विषयको गहिराईमा डुबेर बढीभन्दा बढी पूर्वअभ्यास गर्नु नै हो । यसले जीवनको यथार्थतालाई बुझ्न सहयोग गराउँछ । यी माथिका विधिहरूलाई अपनाएर नाट्य निर्देशन गरेमा बढी भरपर्दाे देखिन्छ । (लेखक नाट्यकर्मी हुनुहुन्छ)

 


क्याटेगोरी : साहित्य

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट