Techie IT
  • १६ जेठ २०८१, बुधबार
Jhilko

जयराज आचार्य र चेतनाथ धमलालाई ‘युगकवि सिद्धिचरण श्रेष्ठ पुरस्कार’


काठमाडौं, १५ वैशाख । युगकवि सिद्धिचरण श्रेष्ठको साहित्य सिर्जनालाई अनुशरण गरी नेपाली साहित्यको विकासका लागि उल्लेख्य योगदान गरेवापत युगकवि सिद्धिचरण प्रतिष्ठानले ‘युगकवि सिद्धिचरण पुरस्कार २०८०’ प्राडा जयराज आचार्यलाई प्रदान गर्ने भएको छ।

यसैगरी ‘युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार, २०८०’ लामो समयदेखि पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका चेतनाथ धमलालाई प्रदान गरिने भएको छ।

युगकवि श्रेष्ठ निरङ्कुश राणा शासनविरुद्ध क्रान्तिकारी साहित्य सिर्जना गर्ने जेलनेलसमेत भोगेका एक निर्भिक सर्जकका रूपमा प्रसिद्ध थिए। प्रतिष्ठानका अध्यक्ष वैरागी काइँलाको अध्यक्षतामा बसेको बैठकले श्रेष्ठको ११२औँ जन्मजयन्तीका अवसरमा आउँदो जेठ ९ गते विशेष कार्यक्रम गरी सो पुरस्कार प्रदान गर्ने भएको छ।

प्रतिष्ठानले उपाध्यक्ष प्राडा मोहन लोहनीको संयोजकत्वमा सदस्य पुरुषोत्तम बस्नेत र प्राडा उषा ठाकुरसहित तीन सदस्यीय पुरस्कार छनोट समिति गठन गरेको थियो। समितिको सिफारिसलाई प्रतिष्ठानको बैठकले अनुमोदन गरी सो निर्णय गरेको हो।

 


क्याटेगोरी : साहित्य

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट