Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

ओखलढुंगाको जिप दुर्घटानका घाइतेलाई हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो


ओखलढुंगा, २१ फागुन । चिशंखुगढी गाउँपालिका वडा ३ स्थित दियालेमा भएको दुर्घटनामा मृत्यु भएकाको पहिचान खुलेको छ। दियालेका ५२ वर्षीय मिनबहादुर श्रेष्ठ र ७० वर्षीय भक्तबहादुर थापाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको हो। दुर्घटनामा १२ जना घाइते भएका छन्। घाइतेमध्ये ६ जना गम्भीर छन्।

घाइते चार जनालाई सिम्रिक एयरको हेलिकोप्टरबाट काठमाडौं पठाइएको छ। २५ वर्षीय चालक सुमन कार्की,चिशंखुगढी ३ का ४० वर्षीय केन्द्र बहादुर कार्की र सोही ठाउँकी २६ की सर्मिला श्रेष्ठ,चिशंखुगढी गाउँपालिका १ का खेम बहादुर खत्रीलाई सिम्रिक एयरको हेलिकोप्टरबाट काठमाडौं पठाइएको हो । उनीहरूको अनुहार तथा टाउकोमा गम्भीर चोट लागेको छ ।

यस्तै गम्भीर घाइते चिशंखुगढि गाउँपालिका( २ का तिलकुमारी श्रेष्ठलगायतलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं पठाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी डीएपी दिपक केशीले जानकारी दिए ।

अन्य घाइतेलाई मिसन अस्पताल ओखलढुंगा लगिएको छ।

ओखलढुंगाको बिशंखुगढी गाउँपालिकामा भएको सवारी दुर्घटनाप्रति प्रधानमन्त्री प्रचण्डद्वारा दुःख व्यक्त


क्याटेगोरी : समाचार, कोशी प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट