Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

यसपालि गर्मी धेरै हुने अनुमान, तराईका केही जिल्लाको तापक्रम ३० डिग्री नाघ्यो


काठमाडौं । यसपालि गर्मी धेरै नै हुने अनुमान गरिएको छ । प्रि–मनसुन सुरु भएसँगै तापक्रम बढ्न थालेको छ । तराईका केही जिल्लाको तापक्रम ३० डिग्री सेल्सियस नाघिसकेको छ ।

जनकपुरको अधिकतम तापक्रम ३२ डिग्री सेल्सियस पुगेको छ । यस्तै, धरान ३१ दशमलव ८, भैरहवाको ३१ दशमलव ९, सिमराको ३१ दशमलव ४, विराटनगरको ३१ दशमलव २, नेपालगञ्जको ३० दशमलव ७ डिग्री सेल्सियस पुगेको छ । अन्य ठाउँमा पनि तापक्रम बढिरहेको छ । यसपालिको हिउँदमा खासै पनि नपरेकाले सुक्खापन बढेको छ ।

हिउँदयाममा वर्षा र हिमपात खासै नभएकाले गर्मी थप बढ्ने अनुमान गरिएको छ । यसपालि माघ महिनादेखि जाडो कम भइसकेको थियो । अहिले केही ठाउँको मौसम बदली भइरहे पनि अबको दुई÷चार दिनसम्म खासै पानी पर्ने सम्भावना नरहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् ।

उनका अनुसार आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान छ । एकरदुई ठाउँमा फाट्टफुट्ट पानी पर्ने अनुमान छ । अरु ठाउँमा भने घाम लागेको छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट