Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

देशका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना


काठमाडौं । प्रि–मनसुन सुरु भएदेखि नै देशका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ । हिउँदयाममा खासै पानी नपरे पनि प्रि–मनसुन सुरु भएपछि भने लगातारजसो पानी परिरहेको छ।

पानी पर्दा खेतीबालीमा फाइदा पुगेको छ । किसानलाई राहत मिलेको छ । लामो समयसम्म पानी नपर्दा खेतबारीमा लगाएका बाली तथा तरकारी सुक्न थालेका थिए । ढिलै भए पनि परेको वर्षाले गहुँ, तोरी लगायतका बालीलाई फाइदा पुगेको छ ।

प्रि–मनसुन सुरु हुनासाथ स्थानीय वायुसँगै पश्चिमी वायु पनि सक्रिय बन्दा पानी परिरहेको मौसमविद् गंगा नगरकोटीले बताइन् । केही दिनअघि पश्चिमी वायुसँगै स्थानीय वायु र उत्तर प्रदेशमा बनेको न्यून चापीय प्रणाली सक्रिय हुँदा देशभरकै मौसम धुम्म भएर मेघगर्जन र चट्याङसहित पानी परेको थियो ।

प्रि–मनसुनले मनसुनकै झल्को दिएको थियो । तर, दुई दिनदेखि भने मौसम सुधार भएको छ । बेलुकीपख बदली भए पनि केही दिन अघिको जस्तो पानी परेको छैन । तर, आज राति फेरि पश्चिमी क्षेत्रमा भने मेघगर्जन र चट्याङसहित पानी पर्ने अनुमान छ।

पश्चिमी वायु राति प्रवेश गर्ने सम्भावना रहेकाले कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा राति पानी पर्ने अनुमान गरिएको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् । उनका अनुसार राति नै यो प्रणाली कमजोर हुने सम्भावना छ ।

यस्तै, आज गण्डकी, कोशी र बाग्मती प्रदेशका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान छ । यी क्षेत्रका एकरदुई ठाउँमा हल्का वर्षा हुने मौसमविद्ले बताएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट