Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

काठमाडौं उपत्यकासहितको पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना


काठमाडौं । काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा आज पनि पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् गोविन्द झाका अनुसार काठमाडौंसहित बाग्मती प्रदेश र गण्डकी प्रदेशका केही ठाउँमा बिहानदेखि नै पानी परिरहेको छ । यस्तै, अन्य पहाडी क्षेत्रका एकरदुई ठाउँमा पनि मेघगर्जन र चट्याङसहित पानी पर्ने अनुमान गरिएको छ ।

काठमाडौं उपत्यकामा गएरातिदेखि नै पानी परिरहेको छ । लगातार झरी नपरे पनि पानी पर्ने र रोकिने क्रम चलिरहेको छ । आज दिनभरिकै मौसम यस्तै रहने सम्भावना रहेको मौसमविद् गोविन्द झाले बताए । बिहानैदेखि देशभरको मौसम बदली भएको छ ।

आज दिउँसो केही ठाउँमा घाम लागे पनि फेरि बादल लाग्ने मौसमविद्ले बताएका छन् । मौसमविद्का अनुसार स्थानीय वायुसँगै भारतको मध्यप्रदेशमा बनेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण मौसम बदली भएको हो ।

यस्तै, आज तराईका जिल्लाहरुमा हावाहुरी चल्ने अनुमान गरिएको छ । तीव्र गतिमै हावाहुरी चल्ने अनुमान रहेकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट