Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

प्रचण्ड जस्तो साहसिक प्रधानमन्त्री मुलुकले कमै पाउँछ : सांसद प्रदिप यादव


काठमाडौं, ६ चैत । जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदिप यादवले प्रधानमन्त्री पुष्पकमल दाहालको साहसिक भन्दै त्यस्तो प्रधानमन्त्री मुलुकले कमै पाउने दाबी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा सोमबार बोल्दै सांसद यादवले मुलुक संकटमा परेकाले त्यसको निकासका लागि प्रधानमन्त्री दाहाललाई सबै राजनीतिक पार्टीले मिलेर विश्वासको मत दिनुपर्ने तर्क समेत गरे।

उनले विगतमा गरिएको प्रतिवद्धता कार्यान्वयन गरेर अघि बढन प्रधानमन्त्री दाहालको पनि ध्यानाकर्षण गराए। ‘आज नेपाली जनताले प्रधानमन्त्री पुष्पकमल दाहालले पटकपटक व्यक्त गर्नु भएको प्रतिवद्धता कार्यान्वयन चाहेको छ। म उहाँको प्रतिवद्धताको कार्यान्वयनमा सफलता मिलोस भन्ने कामना गर्न चाहन्छुु, उनले भने, ुपुष्पकमल दाहालजस्तो साहसिक प्रधानमन्त्री कमै पाइन्छ। यिनका मनमा केही रहँदैन। प्रष्ट बोल्ने, प्रष्ट कुरा राख्ने। अहिले मुलुकमा जुन प्रकारको संकट परेको छ। अर्थतन्त्रमा तरलता आएको छ। यो अवस्थामा हामी सबै मिलेर प्रधानमन्त्रीजीलाई मतदान गरौँ।’

सांसद यादवले नेपाली जनताले प्रधानमन्त्री दाहालबाट विगतमा गरिएको प्रतिवद्धता कार्यान्वयन भएको हेर्न चाहेकाले उनले त्यसमा आफूलाई केन्द्रित गर्नुपर्ने बताए।


क्याटेगोरी : संसद
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट