Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

ताप्लेजुङदेखि बझाङसम्म सातवटा भूकम्प


काठमाडौं, १ चैत । फागुनमा सातवटा भूकम्प र परकम्प गएका छन् । एक महिनाको अवधिमा पूर्वी नेपालको ताप्लेजुङदेखि पश्चिमको बझाङसम्म भूकम्प र परकम्प गएका छन् ।

फागुन १ गते ताप्लेजुङलाई केन्द्र बनाएर ४.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको तथ्यांकमा उल्लेख छ । फागुन १० गते बाजुरा केन्दविन्दु बनाएर ५.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।

इलाम केन्द्रविन्दु बनाएर फागुन १६ गते ४.३ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ । फागुन १७ गते ताप्लेजुङ केन्द्रविन्दु बनाएर ४.० म्याग्निच्युडको भूकम्प गएको थियो ।

केन्द्रको तथ्यांक अनुसार फागुन २१ गते काभ्रेपलाञ्चोक केन्द्रविन्दु बनाएर ४.३ म्याग्निच्युडको परकम्प गएको थियो । फागुन २१ गते नै अछाम केन्द्रविन्दु बनाएर ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो । फागुन २९ गते दैलेख केन्द्र बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको तथ्यांक छ ।


क्याटेगोरी : प्रदेश, विज्ञान
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट