Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

जनसङ्ख्याको वृद्धि सन्तुलित देखिएन : प्रधानमन्त्री


काठमाडौं, १० चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डले राष्ट्रिय जनगणना २०७८ को राष्ट्रिय प्रतिवेदनमा जनसङ्ख्याको वृद्धि सन्तुलित नदेखिएको बताएका छन् ।

प्रतिवेदन सार्वजनिक गर्दै प्रधानमन्त्रीले भने , ‘‘प्राप्त नतिजा समग्रमा हेर्दा कम उमेरका व्यक्तिहरुको संख्या क्रमशः घटेको र बढी उमेरका व्यक्तिहरुको संख्या क्रमशः बढेको देखिएकोले जनसंख्याको वद्धि सन्तुलित नभएको देखिन्छ । समग्र जनसङ्ख्याको वार्षिक वृद्धिदर घट्ने क्रममा रहेको देखिएको छ।’’

उनले जनगणनाको तथ्यांकबाट संघ, प्रदेश र स्थानीय तहमा नीति, योजना र कार्यक्रम बनाउँदा तथ्यमा आधारित निर्णय गर्न सहज हुने बाताए । जनगणना २०७८ को अध्ययन गर्दा कम उमेरका व्यक्तिहरुको संख्या क्रमशः घटेको, बढी उमेरका व्यक्तिहरुको संख्या क्रमशः बढेको देखिएको बताए ।

उनले महिला परिवारमुली भएका परिवारहरु तथा परिवारमा उपलब्ध सञ्चार लगायत अन्य साधन, सुविधा, सफा खानेपानी प्रयोग गर्ने बिजुली प्रयोग गर्ने, खाना पकाउन आधुनिक इन्धनको प्रयोग गर्ने, शौचालय सुविधा भएका परिवारको अनुपात वृद्धि भएको तथ्यांकले देखाएको बताए ।


क्याटेगोरी : प्रदेश
ट्याग : #hot, #prachanda

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट