Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

लघुवित्तविरुद्ध महिलाहरू आन्दोलित


इनरुवा । लघुवित्त संस्था खारेजीको माग गर्दै इनरुवामा महिलाहरूले नाराबाजीसहित प्रशासनको ध्यानाकर्षण गराएका छन् । विरोध प्रदर्शनसहित नाराबाजीमा उत्रिएका महिलाहरूले जिल्ला प्रशासन कार्यालयमा पुगेर धर्नासमेत दिए ।

लघुवित्त संस्थाहरूको ज्यादतीको विरुद्धको अभियान अन्तर्गत विरोध र धर्नाको कार्यक्रम गरिएको आयोजक लघु वित्तीय संस्था सङ्घर्ष समिति सुनसरीले जनाएको छ ।

लघुवित्त संस्था खारेजी हुनु पर्ने, सामूहिक ऋण मिनाहा गरिनु पर्ने, निःशुल्क ऋण प्रदान हुनुपर्ने, आवश्यकता र क्षमताको आधारमा काम र दामको व्यवस्था गरिनु पर्नेजस्ता माग राख्दै प्रदर्शन र विरोध जनाइएको सङ्घर्ष समितिका अध्यक्ष घनश्याम चौधरीले बताए ।

चौधरीले लघुवित्तका कारण घरपरिवारका सदस्यमा झै–झगडा बढाएको, नैराश्यता निम्तिँदा सम्भावित दुर्घटना निम्त्याउने खतरा बढाएको बताए । संस्थाको ताकेता र रुखो व्यवहारका कारण परिवार र समाजमा नकारात्मक असरहरू देखापर्न थालेको उनले बताए । उता सङ्घर्ष समितिको ज्ञापन–पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले राज्यको नीति र निर्देशन बमोजिमको प्रक्रिया अघि बढ्ने बताइन् ।

जाजरकोटको एनआईसी एशिया लघुवित्तका कर्मचारीमाथि कालोमासो


क्याटेगोरी : कोशी प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट