Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

कोशी प्रदेश नेतृत्वमा एकीकृत समाजवादीको दाबी


विराटनगर । कोशी प्रदेश सरकारको नेतृत्वमा नेकपा एकिकृत समाजवादीले दाबी गरेको छ । ९३ सदस्यीय प्रदेशसभामा चार सिट जितेर पाँचौ हैसियतमा रहेको एकीकृत समाजवादीले नेतृत्वमा दाबी गरेको हो ।

संसदीय दलका नेता राजेन्द्र राईले सत्ता गठबन्धनमा पार्टीको दाबी एउटा प्रदेश सरकारको नेतृत्वमा रहेको भन्दै त्यो कोशी नै भएको बताए ।राई कोशी प्रदेशको पूर्व मुख्यमन्त्री हुन् । नेकपा एमाले विभाजन हुँदा कांग्रेस, माओवादी केन्द्र र जसपाको समर्थनमा उनी मुख्यमन्त्री बनेका थिए ।

पार्टीको सांसद संख्या कोशी प्रदेशमा बढी भएका कारण यहीँको प्रदेश सरकारमा दाबी रहेको उनले राईले बताए । सत्तारुढ गठबन्धनका शीर्ष नेताबीचको छलफल पछि भागवण्डा टुङ्गो लाग्ने उनको भनाइ छ ।

एकीकृत समाजवादीले नेतृत्वमा दाबी गरेपछि कांग्रेस र माओवादी केन्द्रले असन्तुष्टि जनाएका छन् ।

९३ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका ४०, नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादी पार्टीका ४ र जसपाका एक सांसद छन् ।

 


क्याटेगोरी : राजनीति, कोशी प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट