Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

पत्रकार महासंघ धनकुटा शाखाको कार्यसमितिमै गैर पत्रकार, शाखाका पूर्व अध्यक्षहरुकै सदस्यता नवीकरण नहुने


हिले, २७ जेठ । नेपाल पत्रकार महासङ्घ धनकुटा शाखाले सदस्यता शुद्धीकरण गर्दै ६० जनामा सीमित गर्नेभएको छ । महासङ्घ जिल्ला कार्यसमितिले प्रदेश तथा केन्द्रीय समितिलाई ९५ जनाको सदस्यता नवीकरण नगर्न सिफारिस गरेको हो ।

महासङ्घ धनकुटाले केन्द्रीय अभियानलाई सार्थकता दिन भन्दै शाखाका उपाध्यक्ष विदुर खवास संयोजकत्वमा गठन गरेको कार्यदलले १ सय ५५ जनामध्ये ९५ जना सदस्यको सदस्यता नवीकरण नगर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयलाई आधार मान्दै जिल्ला कार्य समितिले प्रदेश र केन्द्रलाई सदस्य घटाएर नवीकरण गर्न सिफारिस गरिएको पत्रकार महासङ्घ धनकुटाले जनाएको छ । शाखामा सदस्यता रहेका निर्वाचित जनप्रतिनिधि, स्थायी, अस्थायी, करारका कर्मचारी, राजनीतिक दलका पदाधिकारीलगायतको सदस्यता शुद्धीकरण गर्दै कटौती गर्ने सिफारिस गरेको कार्यदलका संयोजक खवासले जानकारी दिए।

कार्यदलले पत्रकार महासङ्घका पूर्व अध्यक्षहरू गोपालप्रसाद अधिकारी र विजय सन्तोषी राई तथा सल्लाहकार भेषराज कट्टेलको सदस्यता नवीकरण नगर्न सिफारिस गरेको छ । यस्तै, कार्यदलले वर्तमान कार्यसमितिका सदस्यहरू अजय सन्तोषी राई, नेवनारायण चौधरी, आशिष् लिम्बू, विश्वराज श्रेष्ठ र मनिषा पोख्रेलको पनि सदस्यता नवीकरण नगर्न सिफारिस गरेको छ ।

पत्रकारितामा योगदान गर्ने सदस्यलाई मानार्थसहित सम्मान र पत्रकारिता नगर्नेलाई ससम्मान बिदाइ गरिने नेपाल पत्रकार महासङ्घ धनकुटा शाखाका अध्यक्ष नगेन्द्र राईले जानकारी दिनुभयो ।


क्याटेगोरी : कोशी प्रदेश
ट्याग : #fnj

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट