Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

ठोरी आसपासमा आतङ्क मच्चाउँदै आएको बाघ नियन्त्रणमा


पर्सा, २२ चैत । ठोरी गाउँपालिकालगायत आसपासको क्षेत्रमा आतङ्क मच्चाउँदै आएको बाघलाई नियन्त्रणमा लिइएको छ। चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जको संयुक्त टोलीको सहयोगमा नेपाली सेनाको टोलीले नियन्त्रणमा लिइएको हो ।

ठोरीस्थित कुसुमवाटिका उपभोक्ता समितिका अध्यक्ष बुद्ध पाख्रिनका अनुसार पछिल्लो केही दिनदेखि सो बाघले किसानका बाख्रालगायत घरपालुवा जनावर मारेर खान थाले पछि स्थानीयको अनुरोधमा सो बाघलाई नियन्त्रणमा लिइएको हो । बाघका कारण स्थानीयको ज्यान नै जोखिम पर्ने सम्भावना बढे पछि स्थानीयले निकुञ्जलाई बाघ नियन्त्रणमा लिन अनुरोध गरेका थिए ।

सो बाघलाई नियन्त्रणमा लिनु अघि ठोरी आसपासका क्षेत्र तथा बाघ हिँड्ने स्थानमा क्यामेरा जडान गर्नुका साथै डाक्टरसहितको टोली परिचालन गरेर रेक्की गरिएको थियो । पाँच दिनको अनवरत प्रयास पछि सो बाघलाई नियन्त्रणमा लिन नेपाली सेनाको टोली सफल भएको हो ।


क्याटेगोरी : मधेस प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट